राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धका रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौं । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ माग्दै तत्काल अन्तरिम आदेश नहुने भनेको हो।सर्वोच्चले अध्यादेशको औचित्यबारे जवाफ दिन सबै विपक्षीहरुका नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले भदौ ४ गते दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो ।

प्रतिक्रिया