मिस युनिभर्स नेपालको आवेदन खुला

काठमाडौं । मिस युनिभर्स नेपालले सन् २०२१ को संस्करणको लागि आवेदन आह्वान गरेको छ । मिस नेपालपछिको दोस्रो प्रतिष्ठित पेजेन्टले सेप्टेम्बर २२ देखि ३० सम्म इच्छुक युवतीलाई आवेदन दिन भनेको छ । निःशुल्क आवेदन दिन सकिने जनाइएको छ ।

अक्टोबर १ मा क्वार्टर फाइनलिस्ट, अक्टोबर १० मा सेमीफाइनलिस्ट, अक्टोबर २० देखि २९ सम्म क्लोज क्याम्प र अक्टोबर ३० (कात्तिक १३ गते) ग्रान्ड फिनालीको कार्यतालिका घोषणा गरिएको छ ।

प्रतिक्रिया