सशस्त्र प्रहरी भिस्वाद्वारा लागू औषध गाँजा बरामद

पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्र बाट लागू औषध गाँजा बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरी निरिक्षक कृष्णबहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोली ले लागू औषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेको प्रहरीले जनाएको छ ।

तस्करहरुले नेपालबाट टाउकोमा बोकेर भारत तर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्ती टोली देखेपछि गाँजाको पोका फालेर भारतीय क्षेत्रमा तस्कर हरु भागेका छन । सशस्त्र प्रहरी बल विओपी भिस्वा बंजारीले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिए ।

प्रतिक्रिया