खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

काठमाडौं । गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो । गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।

उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् ।गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

प्रतिक्रिया