थपिए एक हजार २३९ जना संक्रमित, एक हजार ३२४ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार २३९ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र तीन हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी एक हजार २३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको बताइएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

त्यसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र एक हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया