कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौं । पेशागत महासंघ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो ।

महासंघका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरे । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरे । सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त विपरीत भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया