सटर तोडफोड गरि मोवाईल चोरी गर्ने २ जना पक्राउ

बर्दिया । ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरेर मोबाईल मोवाईल चोरी गर्ने २ जना पक्राउ परेका छन । बर्दिया बढैयाताल गाउँपालिका ६ मैनापोखर बजारमारहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरि मोबाईल चोरी गरि भाग्दै गरेको अवस्थामा दूई जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका १० बस्ने बर्ष ३० को ईस्लामदिन र बाँके डुडुवा गाउँपालिका ७ बस्ने बर्ष ४० को मुसा कुरेसी रहेका छन ।

ईस्लामदिनलाई घटनास्थलबाटै नियन्त्रणमा लिईएको हो भने, मुसा कुरेसीलाई खोजतलास गर्दै जाँदा सोही दिन बिहान जिल्ला बर्दिया बढैयाताल गाउँपालिका ३ भोलागौडी बजार नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चोरी भएका ४ थान मोबाइल सहित उनीहरुलाई पक्राउ गरिएको हो । बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया