मत-विमत

मन्त्रहरू इमेलका पासवर्ड जस्तै हुन्

सौर्य अनलाइन २०७८ असोज ७ गते ६:४५ मा प्रकाशित

मोहनप्रसाद सापकोटा

मरेका पुर्खाको केही दिनसक्ने क्षमता सहितको अदृश्य रूपलाई पितृ भनिएको छ । कलियुग लागेपछि कालवश वायु र ध्वनी प्रदूषण बढ्ने हुनाले त्यसभन्दा अघिल्ला युगको जस्तो दैवीशक्तिको पृथ्वी पर्यटन गर्ने मात्रा अत्यन्त कम हुन्छ । यसबेला दानवीय वा तामसी शक्तिका आत्माहरू जसलाई प्रदूषण नै प्रिय हुन्छ तिनको पृथ्वी भ्रमणको मात्रा बाक्लिने गर्दछ । आँखाले देखिने सफा स्थानमा मौरी र भँमरा तथा फोहोर स्थानमा झिंगा र लामखुट्टे बढी झुम्मिए जस्तै जस्तै हो यो क्रम ।

सामान्यतः प्रचलित भाषामा देवस्तुति गरेर फल पाइन्न भनिएको छ । अरू कुनै शब्द वा मन्त्र आउँदैन भने बरु ॐ मात्र भन्नू तर उच्चारण भने शुद्धसँग गर्नु । अर्थात् मुख एवं घाँटीका जुन जुन ठाउँबाट जुन जुन स्वर वा वर्ण उच्चारण हुनुपर्ने हो त्यो त्यहीँ त्यहीँ ठाउँबाट उच्चारण गर्नू । यसलाई अझ स्पष्ट पार्न चाहेँ । ॐ अ, उ र म् तीन अक्षरले भनेको छ । अ को उच्चारण गर्दा घाँटी वा कण्ठबाट तथा उ र म् उच्चारण ओठबाट हुनु पर्दछ । यो ॐ को विस्तृत विग्रह भने होइन, उच्चारण प्रयोजनका लागि मात्र हो, साँच्चिकै विग्रह गर्दा भने यसमा चार अक्षर हुन्छन् समेत भनिएको छ । ॐ जप्दा जुनसकै आसनमा बसे पनि टाउकाको पछिल्लो भाग र ढाडको अन्तिम भाग सिधा हुनुपर्दछ । यसरी बस्दा शरीरका जुन जुन अंग जसरी तन्किनु पर्ने हो त्यसरी नै तन्किन पुग्दछन् ।

मन्त्ररूपी ओखतीको व्याख्या गर्ने क्रममा धन्वन्तरि लेख्दछन्, ‘ॐ ब्रह्माण्डकै पहिलो मन्त्र हो । यसले आयु, आरोग्य, स्वर्ग र अमरतासमेत दिन्छ । गीत गाए जसरी गाएर गायत्री मन्त्रले लाभ दिँदैन त्यसरी नै ॐ मन्त्रले पनि लाभ दिँदैन । याद राख्नुपर्ने विशेष कुरा के भने मानिसले सास फेर्दा अचम्मसँग ॐ को स्वतः उच्चारण भइरहेको हुन्छ ।’ आज सोमबार, आज एकादशी भन्दै मानिस देवीदेवताका मन्दिर एवं तीर्थस्थल धाउँदछन् । माने घुमाउन स्तूप र गुम्बा चहार्दछन् । हज गर्न मक्का र प्रार्थना गर्न चर्च पुग्दछन् । हावामा हरेकले बोलेको शब्द र दृश्य हुन्छ । जब यसलाई विशेष विधिले प्रसारण र विशेष विधिले तानिन्छ तब यस्ता आवाज रेडियो आदिमार्फत सुन्न र टेलिभिजन आदिमार्फत देख्न सकिन्छ । यी त भए कुनै बेला असम्भव लाग्ने र आजभोलि साधारण लाग्ने कुराहरू ।

आजसम्म जेजति धर्म जन्मिए ती सबै विश्वासको जगमा जन्मिएका हुन् । विश्वास प्रमाणित गर्न सकिन्न, महसुस गर्ने कुरा हो । ती शक्तिशाली दैवीशक्ति जसबाट हामी केही पाउने आश गरिरहेका हुन्छौँ कतै कसैले कहिल्यै देखेको ठोस प्रमाण विगत पाँच हजार वर्ष यता पाइन्न । कसैले देखेँ भनेर कथा हाल्ने क्रम भने चलिरहन्छ । मरेका पुर्खाको केही दिनसक्ने क्षमता सहितको अदृश्य रूपलाई पितृ भनिएको छ । कलियुग लागेपछि कालवश वायु र ध्वनी प्रदूषण बढ्ने हुनाले त्यसभन्दा अघिल्ला युगको जस्तो दैवीशक्तिको पृथ्वी पर्यटन गर्ने मात्रा अत्यन्त कम हुन्छ । यसबेला दानवीय वा तामसी शक्तिका आत्माहरू जसलाई प्रदूषण नै प्रिय हुन्छ तिनको पृथ्वी भ्रमणको मात्रा बाक्लिने गर्दछ । आँखाले देखिने सफा स्थानमा मौरी र भँमरा तथा फोहोर स्थानमा झिंगा र लामखुट्टे बढी झुम्मिए जस्तै जस्तै हो यो क्रम ।

सोह्र श्राद्धमा पिण्ड र तर्पण दिइने सबै पितृहरू पृथ्वीमा वायुको रूप लिएर आउँदछन् । त्यसैले विशेषतः श्राद्ध गर्ने र गराउनेले फेर्ने सास (प्राणवायु) तथा श्राद्धस्थलमा वायु एवं ध्वनी प्रदूषण गर्न निषेध गरिएको छ । यसैले यो अवधिभर जथाभावी खानपिन नगर्न र शंखघण्ट बजाउन हुँदैन भनिएको हो । अन्य धेरै कुराहरू बार्नु भनिएको हो ।

फ्रिक्वेन्सी वा च्यानलमा अवरोध भएपछि सुन्न खोजिएको रेडियो वा हेर्न खोजिएको च्यानल हेर्न नसकिए जस्तै जस्तै हो यो कुरा पनि । श्राद्धमा प्रयोग गरिने मन्त्रहरू इमेलका पासवर्ड जस्तै हुन् । संकल्प इमेल आइ डी जस्तै हो । श्राद्धमा प्रयोग गरिने सामग्री स्क्यानिङ गरेर मेल गर्न लागिएका सामग्री जस्तै हुन् । यसैले यी सबै कुरा जान्ने र आफूलाई माध्यम मध्येको एउटा माध्यम मात्र हुँ भनी बुझ्ने र सो अनुसार शुद्धता र पवित्रतामा ध्यान दिने ब्राह्मण, श्राद्ध गराउँदा कुनै हालतमा पनि ‘टपरे बाहुन’ हुन सक्दैन ।

प्रार्थना भन्ने कुरा जसले जुन धर्ममार्फत गरे पनि त्यो अन्तर्मनसँग सम्बन्धित कुरा हुने गर्दछ । मनमा खोट छ भने खोट भएको कुरा पाइन्छ एकछिन दिमागले सोचेको कुरा पाइन्न । सोह्र श्राद्धको अवधिमा प्रायः सबै पितृहरू आफ्ना सन्तानलाई केही दिने र तीबाट केही लिने उद्देश्यले पृथ्वीमा आउने गर्दछन् । ती निराश भए श्राप दिएर तथा सन्तुष्ट भए आशीर्वाद दिएर जान्छन् । यो अवधि एउटा मेला वा पैत्रिक–सत्र जस्तै हो । देवलोकभन्दा पितृलोक श्रेष्ठ हुन्छ । सामान्य देवताभन्दा पितृ श्रेष्ठ र शक्तिशाली हुन्छन् ।

५ असोजबाट सोह्र श्राद्ध सुरु भएको छ । श्राद्ध गर्ने र गराउनेले यस अवधिमा पवित्र र शुद्ध हुनै पर्दछ । श्राद्ध सकियो वा फलानो दिन श्राद्ध छ भनेर अन्य १४ दिन लत्तो छाड्न हुन्न । यस विषयमा स्मृति, उपनिषद् र पुराणबाट भएका संकलनमा धेरै कुरा छन् । केही कुरा मन्थन गर्दै सेयर गरेँ । विश्वका कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई घृणा गर्दैन । तर, धर्मलाई तस्करी चलाउने माध्यम बनाउनेहरू अरूको धर्मप्रति विष मात्र वमन गर्ने गर्दछन् ।
(सापकोटाको फेसबुकबाट)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय