थपिए एक हजार ४७८ जना संक्रमित, एक हजार ६३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा आज कोरोना ६ जनाको मृत्यु भएको छ भने एक हजार ६३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।आज थपिएकासँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया