भिरबाट खसेको ढुङ्गाले लागेर आमाछोरीको मृत्यु

काठमाडौं । रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले जनाएको छ । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शव परीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा लडिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया