पत्रकारको कोठाबाट दिउँसै नगद र गरगहना चोरी

काठमाडौं । पत्रकारको कोठाबाट दिउँसै नगद र गरगहना चोरी भएको छ । मंगलबार दिउँसो काठमाडौंको शोभाभगवतीस्थित चमति क्षेत्रमा रहेको पत्रकार केशवराज अर्यालको कोठाबाट दिउँसै चोरी भएको बताइएको छ ।

पत्रकार अर्यालको कोठाबाट नगद, सुनका गरगहना, कपडा र ल्यापटप गरी करिब २ लाखभन्दा बढीको चोरी भएको उनले बताए ।

घरमा कोही नभएको मौका छोपी, ६० हजार नगद, पुराना सिक्का र नोटहरु, सुनको तिलहरी २ सेट, चाँदीका बाला र कल्ली, कपडा तथा ल्यापटप चोरेको शोभाभगवतीका प्रहरी सहायक निरीक्षक अर्जुन थापाले जानकारी दिए । चोरी गर्ने गिरोहको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया