खोजखबर

प्याब्सन काठमाडौं महानगरपालिकाको अधिवेशन असोज ९ गते

सौर्य अनलाइन २०७८ असोज ६ गते ११:२६ मा प्रकाशित

काठमाडौं । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौं महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।

महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो ।

प्याब्सन प्रचारप्रसार प्रमुख एवं महर्षी स्कुल सामाखुशीका प्राचार्य निर्मल पौडेलले दुईवर्षे कार्यकालका लागि शनिबार दोस्रो अधिवेशन हुन लागेको जानकारी दिए ।

यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । दुईवर्षे कार्यकाल रहने उक्त अधिवेशनमा महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिए ।

प्याब्सनले महानगरपालिकाभित्रका ३२ वडामा रहेका निजी विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरका बारेमा छलफल चलाउँदै आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय