फागुनमा महाधिवेशन गर्ने विप्लव नेकपाकाे निर्णय

तस्विर : ई-रातो खबर

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले ‘जनयुद्ध दिवस’ को सन्दर्भ पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि आउँदो मंसिर ८ गते काठमाडौँमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले एमसिसीको विरोधमा रहेका शक्तिहरुसँग सहकार्य गरेर एमसिसी खारेज नहुँदासम्म विरोध गरिरहने निर्णयसमेत गरेको छ । अहिलेको शासन प्रणाली असफल भएको निष्कर्ष निकालेको नेकपाले सबै देशभक्त, प्रगतिशील र कम्युनिष्ट शक्तिलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचारलगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया