नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।

सो बैठकमा पार्टीको १४ औँ महाधिवेशन तथा सरकार बिस्तारबारे छलफल हुने जनाइएको छ । अझै पनि १३ जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुन नसक्दा वडा तहको अधिवेशन प्रभावित भएको छ ।

प्रतिक्रिया