खेल-खेलाडी

पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

सौर्य अनलाइन २०७८ असोज ६ गते ७:४३ मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण खेल्न नसक्ने भएका हुन् ।

पारसले दुई महिना अघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीबाट सन्यास लिएपनी घरेलु क्रिकेट खेल्ने बताएका थिए । वसन्त गत चैत देखि अमेरिका घरेलु क्रिकेट खेल्दै आएका छन् । दीपेन्द्र अघिल्लो महिना ओमान भ्रमणको क्रमम खुट्टामा चोट लागेको थियो । चोटका कारण दीपेन्द्र कम्तिमा चार हप्ता मैदान बाहिर रहने छन् ।

विराटनगरले कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनारालाई टोलीमा समेटेको छ । उनी पहिलो पटक फ्रेन्चाइज लिग खेल्ने छन् । विराटनगरको कप्तानी अव नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले गर्ने सम्भावना छ । करणले २०१९ को धनगढी प्रिमियर लिग (डिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरेका थिए । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि पारसकै कप्तानीमा विराटनगरले गरेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय