खोजखबर

बैतडीमा जिप दुर्घटना : ९ जना घाइते

सौर्य अनलाइन २०७८ असोज ४ गते १२:१० मा प्रकाशित

बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौंतर्फ जाँदै गरेको भे १ च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो ।

घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् ।

चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय