सुर्खेतका उदाउँदा मोडल हमालको अभिनयमा ‘तिम्रो काखमा’ भिडियो

सुर्खेत । पछिल्लो समय सुर्खेतमा मोडलको क्षेत्रमा चर्चा कमाएका गणेश हमाल अहिले म्युजिक भिडियोतिर लागेका छन् । दैलेख जिल्लामा जन्मिएर सुर्खेत हुँदै काठमाडौंलाई कर्मथलो बनाएका हमालको अभिनयमा बजारमा नयाँ गीतकाे भिडियो सार्वजनिक भएको हाे ।

‘तिम्रो काखमा’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएसँगै युट्युबलगायत अन्य सामाजिक सञ्जालमा सेयर र भ्युज त्यतिकै बढ्दो छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको उक्त गीतको शब्द रचना रीता भण्डारीको रहेको छ भने स्वर कुशलराज खड्काको रहेको छ । ‘तिम्रो सफलतामा मेरो सुन्दरता झल्कीएको छ, तिम्रो हर खुसीले मेरो बसन्त नै फर्किएको छ’ बोलको गीतको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल बनेको छ ।

गीतको भिडियोमा मोडल हमाल र गरिमा शर्मालाई फिचर्ड गरिएको छ । हमाल र गरिमा शर्माको अभियनयले उनका दर्शक श्रोताहरुमा नयाँ सोच र चाहानासँगै खिचिएका दृष्यहरु पनि भिडियोमा राम्रो देखिएको छ । गीतको भिडियोलाई संयोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालले भिडियोको छायांकन गरेका छन् । गीतको भिडियोमा अनिल रानाको सम्पादन पनि रहेको छ ।

गीतको भिडियोलाई ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएका मोडल हमालले थुप्रै गीतहरुमा यसअघि नै अभिनय गरीसकेका छन् ।

अहिले ‘तिम्रो काखमा गितलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् । गीतमा एउटा प्रेमी र प्रेमीकाबीचको मायालाई शब्द र संगीतमार्फत व्यक्त गर्न खोजिएको छ । सानै उमेरबाट म्युजिक भिडियोका क्षेत्रमा काम गर्न चासो राख्ने हमालले धेरै वर्षपछि सफलता पाएको सुनाए ।

शारिरिक बनावट मिलेको, लामो कपाल, हाईटी भएको ज्यानले उनलाई मोडलिङ क्षेत्रमा छुट्टै पहिचान दिएको पाइन्छ । मोडल हमालले यसभन्दा पछि पनि थुप्रै गीतहरुमा अफर आएकाले आफु त्यता व्यस्त भएको पनि बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया