विद्युत विस्तारको ढिलाइले नागरिक टेलिफोनको समस्यामा

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकामा विद्युत विस्तारमा भएको ढिलाईले गाउँपालिकका नागरिकहरु टेलिफोन समस्यामा छन् । धेरै समय सञ्चारबाट बन्चित गाउँपालिकाका नागरिकहरु ३ वर्षयता नेपाल टेलिकम र एनसेलको सेवा लिरहेका थिए ।

सोलारबाट सेवा दिइरहेका टावरमा वर्षातको समय घाम नलाग्दा ब्याट्री चार्ज नहुने भएपछि साउनको पहिलो साताबाट गाउँपालिकाका नागरिकले समस्या झेल्नुपरेको छ । गाउँपालिकामा २ वटा एनसेल र २ वटा टेलिकममा टावर छन् ।

भिभिन्न ठाउँको कभरेज मिलाएर राखिएका टावरहरु घामको भरोसामै सञ्चालित छन् । गाउँपालिकका अध्यक्ष दानबहादुर थापाले अध्यक्षमा निर्वाचित भएपछि एक वबर्षमै पालिकाभर विद्युत विस्तार गर्ने रेडियोबाट प्रसारण हुने कार्यक्रम तथा सार्बजनिक ठाउँमा बताए पनि अध्यक्षको ५ वर्षको कार्यकार सकिनै लाग्दासमेत विद्युत विस्तार नहुँदा नागरिकलाई समस्या हुने गरेको भगवतीमाई गाउँपालिका –३ का महेश रेग्मीले बताए ।

भगवतीमाई गाउँपालिका–६ चिपिनमा रहेको नेपाल टेलिकमको टावरमा राखिएका व्याट्रीले ३ महिनादेखि काम नगरेपछि घाम लागे फोन र बादल लागे ‘नो’ सर्भिस भईरहेको छ । टावरले काम नगर्दा गाउँपालिकाको वडा नम्बर १ देखि ६ वडाका पगनाथ, रुम, मेहलतोली, जगन्नाथ र बडाभैरवका नागरिकहरुलाई सास्ती भएको छ ।

यस बारेमा सम्बन्धित निकाय एक अर्कामा आरोप लगाईरहेका छन् । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापालाई सोध्दा २४सै घण्टा फोन सेवा सूचारु गराउँन नेपाल टेलिकम दैलेख, सुर्खेत र प्रदेश कार्यालय नेपालगञ्जमा ताकेता गर्दा सुनुवाई नभएको बताउँछन् ।

यता नेपाल टेलिकम दैलखलाई सोध्नेहो भने –मुख्यगरी त्यहाँ रहेको टावरको कन्ट्रोलरमा समस्या भएपछि ब्याट्रीले काम नगर्दा फोन सेवा प्रभावित भएको बताउँछन् । टेलिकम दैलेखको भनाइ छ, ‘बादल लागेको समयमा मात्रै टावरले काम नगरेको हो, घाम लागेपछि अहिले काम गरिरहेको छ, हामीले एक हप्तामै यसको सामाधानमा जुटेका छौँ ।’

गाउँपालिकामा राखिएको टाउरसम्म विद्युत पुर्याउने दायित्व गाउँपालिका तथा विद्युत कार्यालयको भए पनि विद्युत विस्तार नहुदाँ टाउरमा बढी समस्या आउने गरेको छ । टेलिकमले कर्णालीका ग्रामिण क्षेत्रका नागरिकहरुलाई फोन सेवा प्रवाह गर्न डाँडामा राखिएका टावरसम्म विद्युत नपुग्दा सोलारले कहिले काँही राम्रोसँग काम नगर्दा समस्या उत्पन्न हुने गरेको छ ।

प्रतिक्रिया