खेल-खेलाडी

आईसीसी विश्वकप क्रिकेटमा आज नेपालको ओमानसँग भिडन्त

सौर्य अनलाइन २०७८ असोज ३ गते १०:४८ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल बेलुकी ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय