खेल-खेलाडी

दीलशानले विराटनगरबाट इपिएल खेल्ने

सौर्य अनलाइन २०७८ असोज ३ गते ९:१४ मा प्रकाशित

कोलम्बो । श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका ३२ वर्षिय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ । उनले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन् । टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय १५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ५३ रन छ । उनीमा १ सय १२ लिष्ट ए र १ सय २७ टि२० आई खेलको अनुभव छ । ओडिआईमा २०१७ मा भारतविरुद्ध अगष्टमा डेब्यू गरेका थिए । तर राम्रो प्रदर्शन गर्न नसक्दा पुन मौका पाएनन् । टि२० आईमा २०१२ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।

यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान र वेस्टइन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपाउललाई अनुबन्ध गरेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो । विराटनगरले २०१७ को फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका कप्तान पारस खड्काले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटा लगायतका खेलाडी छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय