खोजखबर

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

सौर्य अनलाइन २०७८ असोज १ गते ११:०७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौंस्थित नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो । एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय