दिक्षाको ‘जवानी ढल्कायो’

काठमाडौं । लोकदोहोरी गायक खुमन अधिकारी र गायिका दिक्षा सुनारको आवाजमा रहेको ‘जवानी ढल्कायो’ गीतको भिडियो बजारमा आएको छ । वर्षा म्युजिकको युट्यब च्यानलमार्फक सार्वजनिक भएको उक्त गीतमा विष्णु न्यौपानेको शब्द रचना रहेको छ ।

त्यस्तै, गायक खुमन अधिकारी आफैँले संगीत भरेको गीतमा केशव बडुले संगीत संयोजन गरेका छन् । त्यसैगरी गीतको भिडियोमा समिर रमदामले निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन रहेको छ ।

उक्त भिडियोमा मोडल शरद एलजी, धुर्व हिमाली, करिश्मा ढकाल र प्रतिक्षा सुनारले अभिनय गरेका छन् । राजकुमार मगरको भिडियोमा सम्पादन रहेको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज सकिए लगत्तै युवा र युवतीबीच हुने माया प्रेमका प्रसंगलाई शब्दमा उठान गरिएर गीत बजारमा ल्याएको गायिका दिक्षा सुनारले बताइन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) को चोरमारामा जन्मिएकी गायिका सुनारले यसभन्दा अगाडि पनि केही गीत बजारमा ल्याइसकेको जानकारी दिइन् ।

‘यसभन्दा अगाडि पनि मैले केही गीत ल्याइसकेकी छु, अहिले पनि तीज सकिए लगत्तै भगवानरुपी दर्शक स्रोताहरुलाई मनोरञ्जन दिलाउनको लागि अहिले यो गीत ल्याएकी छु’, उनले भनिन् ।

प्रतिक्रिया