सुनका गरगहनाहरु सहित विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सुनका गरगहना सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलाली बर्दगोरिया गाँउपालिका १ का ३० वर्षिया बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका २ का ४७ वर्षिया मुरारीराज अधिकारी रहेका छन । उनीहरुको साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका सुनका गरगहनाहरु समातिएको बताइएको छ । भदौ २८ गते श्री एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बिराटनगर जान लागेका उनीहरू प्काउ परेका हुन । आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा व्यागेजहरुबाट सुनका गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।

सुनका गरगहनाहरु आवश्‍यक प्रकृया पुरा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्हरीले जनाएको छ ।

प्रतिक्रिया