कम्युनिस्ट आन्दोलनको उतारचढाव र गोन्जालो

मिलन आफन्त

वर्तमान समयमा विश्वमा समाजवादी ब्यवस्था भएको देश एउटा पनि नभए पनि विश्वका विभिन्न देशहरूमा समाजवादी व्यवस्था प्राप्तीका निमित्त संघर्ष भइरहेका छन् । विश्वमा समाजवादीहरूको कमि छैन । विश्वका कम्युनिस्टहरूले माक्र्सवादलाई २१आँै शताब्दी अनुकूल प्रयोग गरिररहेका छन् । हामीले समयसापेक्ष माक्र्सवादलाई २१औँ शताब्दी अनुकूल प्रयोग गर्नुपर्दछ ।

वर्तमानमा विश्व कम्युनिस्ट आन्दोलन अलि फिका देखिए पनि विगतमा विश्व कम्युनिस्ट आन्दोलन घनिभूत ढंगले अघि बढेको थियो । अझै पनि विश्व कम्युनिस्ट आन्दोलनको भविष्य पनि अत्यन्तै उज्वल छ । समय परिवर्तनशील छ, वर्तमानमा पुँजीवादी व्यवस्था हावी देखिए पनि निकट भविष्यमै विश्व कम्युनिस्ट आन्दोलन सफल हुने कुरामा कुनै शंका छैन । हामीलाई थाहै छ, विश्व इतिहासलाई फर्केर हेर्दा हामीले आदिम साम्यवादी युग, दासयुग, सामन्तवादी युगलाई परास्त गरिसकेका छाैं । तसर्थ पनि पुँजीवादी ब्यवस्थाको विकल्पमा साम्यवादी व्यवस्थाले यो विश्वमा विजय हासिल गर्नेछ भन्ने कुरामा हामी कम्युनिस्टहरू एक मत छौँ ।

वर्तमान शताब्दीमा पुँजीवाद जसरी मौलाएको देखिन्छ, त्यसरी नै पुँजीवादले संकट पनि बेहोरिरहेको छ । आर्थिक मन्दीले विश्व पुँजीवाद छट्पटाइरहेको देखिन्छ भने माक्र्सवादी अर्थतन्त्रप्रति मानिसहरूको आकर्षक बढेको पाइन्छ । कुनै पनि व्यवस्थाले सधैँ आफ्नो अधिपत्य राख्न सक्दैन तसर्थ पनि यो विश्वमा साम्यवाद अपरिहार्य छ । २०आँै शताब्दीमा विश्व कम्युनिस्ट आन्दोलनले अत्यन्तै ठूला उपलब्धीहरू प्राप्त गरेको थियो । त्यही कालमा नै सर्वहारा वर्गका लेनिन, स्टालिन र माओजस्ता महान् नेताहरू विश्व कम्युनिस्ट आन्दोलनमा पैदा भएका थिए । संसारभरी ऐतिहासिक महत्वका ठूलाठूला क्रान्तिकारी आन्दोलन भएका थिए र रुस, चीनसहित पूर्वी युरोप, दक्षिण–पूर्वी एसिया र लेटिन अमेरिकाका कैयाँै देशहरूमा समाजवादी क्रान्ति सफल भएको थियो । विश्व साम्यवादतिर उन्मुख थियो ।

वर्तमानमा विश्व कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर अवस्थामा अघिबढिरहेको छ । त्यसो त वर्तमानमा पनि विश्वमा कम्युनिस्टहरू क्रियाशील नभएका होइनन् तथापि यत्तिले मात्र विश्व कम्युनिस्ट आन्दोलन सफल हुने प्रयाप्त आधार छैन । सन् १९७६ को वर्ष विश्व कम्युनिस्ट आन्दोलनका लागि दुभाग्यपूर्णसावित हुन पुग्यो । त्यसै वर्ष सेप्टेम्बरमा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओवादका पवर्तक क. माओको निधन भयो । माओको कार्यकालमा चिनियाँ कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेको थियो र समाजवादी चीनले विश्व क्रान्तिको आधार इलाकाको भूमिका खेलिरहेको थियो ।

वर्तमान अवस्थामा विश्व कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोन्जालोको गिरफ्तारी तथा निधनपछि त साँचो कम्युनिस्ट नेताको विश्वमा खडेरी नै पैदा भयो । विश्व कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा कम्युनिस्ट पार्टीभित्र दक्षिण पन्थी संशोधनवाद हाबी हुनु एक प्रमुख कारण हो । रुसमा खुश्चेवले पुँजीवादी लाइन समाउनु र चीनमा तेङ्ले सुधारवादी लाइन लिनु यसको उदाहरण हो । रुस र पूर्वी युरोपका पहिलेका समाजवादी देशहरू, चीन, भियतनाम, उत्तर कोरिया, क्युवा, पूर्वी युरोप, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया, पश्चिम, लेटिन अमेरिकाका कतिपय देशहरूमा आपूmलाई कम्युनिस्ट पार्टी बताउँदै दक्षिण पन्थी संशोधनवादको बाटो लिएका थुप्रै पार्टी वा संगठनहरू छन् । विश्व स्तरमा भन्ने हो भने विश्व कम्युनिस्ट आन्दोलनमा त्यसप्रकारका पार्टीहरू नै बढी छन् । वर्तमान विश्वमा सक्कली साम्यवादीहरूको पनि कमी छैन । अब तिनै सच्चा माक्र्सवादी, साम्यवादीहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनेछन् ।

वर्तमानमा पनि विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्ति सम्पन्न गर्न सक्ने मुख्य आधार भनेकै मालेमावाद (माक्र्सवाद, लेलिनवाद र माओवाद÷माओविचार) हो । मालेमावादको अचुक हतियारबाट नै अहिलको विश्व परिस्थितिमा क्रान्ति सम्पन्न गर्न सकिन्छ । वर्तमान विश्वमा क्रान्ति सफल गर्न अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल छैन भनिन्छ । के यो साँचो हो त ? यस विषयमा सही मालेमावाद विश्व दृष्टिकोण के हो भने समर्थन भएमा क्रान्ति सम्पन्न गर्न अपेक्षाकृत रूपमा सजिलो हुन्छ भन्ने कुरा सही हो तर अन्यत्र समाजवादी नभएको अवस्थामा क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने कुरा गलत हो । यदि त्यही कुरा सही हुन्थ्यो भने महान् लेनिनले नेतृत्व गर्नुभएको वोल्शेविक पार्टीको नेतृत्वमा रुसमा विश्वको पहिलो सफल समाजवादी क्रान्ति सम्पन्न हुन सक्ने थिएन । साँचो अर्थमा भन्ने हो भने वर्तमानमा पनि विश्व कम्युनिस्ट आन्दोलन सफल हुन सक्ने आशाका किरणहरू पलाएका छन् । आज पनि विश्व कम्युनिस्ट आन्दोलनमा सच्चा क्रान्तिकारी नभएका होइनन् । तिनै सच्चा क्रान्तिकारीहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई विजयको पगरी गुथाउनेछन् भनेर विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरू विश्वस्त छन् ।

विश्व कम्युनिस्ट आन्दोलन सत्ता प्राप्तिको लागि संघर्षमा रहेको र विश्व पुँजीवादमा संकट देखापरेको वर्तमान स्थितिमा आजको युगको सबैभन्दा ठूलो प्रश्न बनेको छ ः समाजवाद र पुँजीवादका बीचको यो संघर्षमा को विजयी हुनेछ ? इतिहासको अहिले सम्मको विकासको अनुभवले बताउँदै आएको छ कि इतिहासको कुनै चरणमा पुरानो प्रकारको सामाजिक ब्यवस्था वा नयाँ उत्पादक शक्तिहरूका कारणले उत्पन्न आर्थिक वा भौतिक परिस्थितिका बीचमा हुने संघर्षका सधै पछिल्लाको विजय हुन्छ, नयाँ उत्पादकका साधनहरूमाथि आधारित विचार र मानिसहरूको नै विजय हुन्छ । त्यस अनुसार आज उत्पादनको सामाजिक स्वरूप र उत्पादनका साधनहरू माथिको व्यक्तिगत स्वामित्व वा व्यक्तिगत नाफाका बीचमा भएको अन्तर विरोधमा, समाजको ऐतिहासिक भौतिकवादी नियमअनुसार पहिलो पक्षको अर्थात उत्पादनको सामाजिक रूपको नै विजय अवश्यम्भावी छ । त्यसको अर्थ हो अन्तमा उत्पादनको सामाजिक स्वरूपसित मेल खाने व्यवस्था अर्थात सामाजवादी व्यवस्थाको विजय हुन अनिवार्य छ । वर्तमानमा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था देखिए पनि विश्व कम्युनिस्ट आन्दोलन बिजयी हुनेमा कुनै शंका छैन ।

विश्व क्रान्तिको विषयमा चर्चा गरिरहँदा केही समयदेखि ल्याटिन देशहरूमा बोलिभारियन समाजवादी आन्दोलन जसरी अघि बढिरहेको छ, त्यसको भूमिका उल्लेखनीय महत्वको हुनेछ । भेनेजुएला, ब्राजिल आदि ल्याटिन अमेरिकी देशहरूमा समाजवादी आन्दोलनको नाममा जुन आन्दोलन चलिरहेका छन्, तिनको आफ्नो ठाउँमा अहिलेको विश्व परिस्थितिमा ठूलो महत्व छ । माक्र्सवाद तथा माक्र्सद्वारा प्रतिपादित साम्यवादी ब्यवस्थाको जित अवश्यम्भावी छ । माक्र्सवाद कहिल्यै पनि पराजित हुन सक्दैन । वर्तमान समयमा विश्वमा समाजवादी ब्यवस्था भएको देश एउटा पनि नभए पनि विश्वका विभिन्न देशहरूमा समाजवादी ब्यवस्था प्राप्तीका निमित्त संघर्ष भइरहेका छन् । विश्वमा समाजवादीहरूको कमि छैन । विश्वका कम्युनिस्टहरूले माक्र्सवादलाई २१औँ शताब्दी अनुकूल प्रयोग गरिररहेका छन् । हामीले समयसापेक्ष माक्र्सवादलाई २१औँ शताब्दी अनुकूल प्रयोग गर्नुपर्दछ । तर, माक्र्सवादको मूल मर्म क्रान्तिकारीतालाई ओझेलमा पारेर कम्युनिस्ट आन्दोलन तय गर्नु गलत पनि हुन सक्छ । वर्तमानमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन नै विश्व कम्युनिस्ट आन्दोलनको मूल मार्ग हुनु पर्दछ ।

प्रतिक्रिया