आरजुलाई नेपाली कांग्रेसको परम्परा थाहा नहोला, तर देउवालाई त्यो परम्परा राम्रोसँग थाहा छ । ५५ वर्षदेखि कांग्रेसको राजनीतिमा क्रियाशील रहेका नेताले कमसेकम आफ्नै श्रीमतीलाई यसमा क्षमाशील हुनुपर्छ भनेर सम्झाउन सक्नुपथ्र्यो तर सक्नुभएन । स्वभावैले देउवाको क्षमाशील व्यक्तत्व हो । आफ्नो स्वभाव विपरीत देउवा निष्ठुर बनेर पुस्कर ओझामाथि कारबाही गर्नु अचम्मको कुरा हो ।
नेपाली कांग्रेसमा एउटा नयाँ तरंग सिर्जना भएको छ, विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले । निधिजीको उम्मेदवारीलाई अरूले भन्दा मैले बढी गम्भीरतापूर्वक लिएको छु । मैले उहाँको उम्मेदवारीको अलिअलि खासखुस हुँदादेखि आफ्नो समूहका नेतालाई भनेको थिएँ कि यो कुरालाई गम्भीरतापूवर्क लिनुस् । उहाँहरूले लिनुभएको थिएन, अहिलेसमेत सबैले गम्भीर रूपमा लिइसकेको जस्तो त लाग्दैन मलाई, तर मैलेचाहिँ गम्भीरतापूर्वक लिएको छु ।
निधिजीको उम्मेदवारीले शेरबहादुर देउवा उम्मेदवार नहुने सम्भावनालाई पनि देखाएको छ । अर्को देउवा र निधिजी दुवै जना उम्मेदवार हुनसक्ने सम्भावनालाई पनि देखाएको छ । यो दुई मध्ये जे भए पनि यसले हाम्रो समूहलाई निकै तरंगित पार्छ । निधिजी र देउवाजी दुवैजना उम्मेदवार हुनुभयो भने वा देउवाजी उम्मेदवार हुनुभएन भने हामीकहाँ पनि एउटा मात्रै उम्मेदवार हुने दबाब कम हुन्छ ।
कांग्रेसमा सभापतिकै लागि चार÷पाँच जना उम्मेदवार हुन सक्छन् । चार÷पाँच जना उम्मेदवार भयो भने महामन्त्री र उपसभापतिका लागि पनि ८÷१० जनाको उम्मेदवारी आउँछ । त्यो बाटोले कांग्रेसलाई बिगार्छ जस्तो लाग्दैन । किनभने त्यसका दुई वटा पक्ष छन् । जस्तो टप यति धेरै गरुँगो भएर रुखको जरै उखेलिएला कि भन्ने बेलामा यो पाँच पदका लागि २५ जना उम्मेदवार भए भने २० जना त चुनाव हार्छन् । २० जनाले चुनाव हार्नु भनेको उनीहरू अवकाश हुनु हो । यतिबेला कांग्रेसमा त्यो ‘फोर्सफुल रिटायर्ड’ चाहिएको पनि हो, नभए छरितो रुख बन्न सक्दैन । जनताले भरोसा गर्ने पार्टी कांग्रेस बन्न सक्दैन ।
त्यो प्रतिस्पर्धामा म पनि हारौँला, मलाई पनि साथीहरूले तपाईंको काम छैन अब घर गएर अरू काममा लाग्नोस् भनेर बिदा दिन सक्नुहुन्छ । मलाई सामाजिक सञ्जालमा लेख्नेमध्ये कतिपयले सभापति लड भनेर लेख्नुहुन्छ । कसैले महामन्त्री लड्न पनि सुझाव दिनुभएको छ । कतिपयले सभापति, महामन्त्री लड्ने होइन, तपाईंले युवाहरूलाई बाटो खाली गर्नुपर्छ पनि भन्दै हुनुहुन्छ । तपाईंकै छोड्ने बेला भयो नि भनेर सामाजिक सञ्जाल प्रकाशित मेरो अन्तर्वार्ताको टिप्पणीमा देख्छु । त्यसलाई मैले गम्भीरतापूवर्क लिएको छु । त्यसैले मलाई पनि अवसर हुन्छ, पार्टीलाई पनि असर हुन्छ भन्ने लाग्छ ।
दोस्रो, २०÷२५ जना नेता सभापति, महामन्त्री र उपसभापतिमा लड्दा गुटगत उम्मेदवारी सकिन्छ होलाजस्तो लाग्छ । कांग्रेसमा ०४६ सालयता कतिपय समूहका मान्छेहरू यताको त्यता र त्यताको यता आए होला, म पनि यतातिर छु । कोही मान्छे यताका उता पुगे होलान् । तर गुट अहिलेसम्म पनि स्थायी प्रकृतिकै छ । तर २०÷२५ जना चुनाव लड्ने, २० जना जति रिटायर्ड गर्ने, पाँच जनाले चुनाव जित्ने हो भने एउटै गुटका मान्छेले जित्दैन । पाँच वटा मुख्य पदमा चार÷पाँच वटा गुटका उम्मेदवारले जित्लान् । त्यसो भयो भने स्थायी प्रकृतिको गुटबन्दी सकिन्छ र यसले पनि रुखलाई छरितो बनाउँछ । आउने दिनमा कांग्रेस जनताको भरोसायोग्य पार्टी बन्न सक्छ ।
आरजु राणा देउवा महत्वकांक्षा राखेर कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको छ । राजनीतिमा प्रवेश गरेको धेरै भएको छैन । उहाँसँग क्षमता पनि छ भन्ने मलाई लाग्छ । तर राजनीतिमा महत्वकांक्षा राख्ने मान्छेमा सहनशीलता त्यत्तिकै आवश्यक हुन्छ । पुस्करनाथ ओझाले आरजु देउवालाई सहयोग गर्नुभयो या भएन मलाई थाहा छैन । आरजुजी र उहाँका समर्थकले भनेजस्तै पुस्कर ओझाले हराउन भूमिका खेलेकै भए पनि आफ्नो महत्वकांक्षाका लागि उहाँलाई कारबाही गर्ने चरित्र कांग्रेसको हो जस्तो लाग्दैन ।
आरजु राणा देउवालाई लाग्थ्यो होला, पार्टी सभापति, प्रधानमन्त्रीको श्रीमतीलाई पनि असहयोग गर्नेलाई सदस्य राखेर पार्टीको अनुशासन कसरी कायम रहला । आरजुलाई नेपाली कांग्रेसको परम्परा थाहा नहोला, तर देउवालाई त्यो परम्परा राम्रोसँग थाहा छ । ५५ वर्षदेखि कांग्रेसको राजनीतिमा क्रियाशील रहेका नेताले कमसेकम आफ्नै श्रीमतीलाई यसमा क्षमाशील हुनुपर्छ भनेर सम्झाउन सक्नुपथ्र्यो तर सक्नुभएन । स्वभावैले देउवाको क्षमाशील व्यक्तत्व हो । आफ्नो स्वभाव विपरीत देउवा निष्ठुर बनेर पुस्कर ओझामाथि कारबाही गर्नु अचम्मको कुरा हो । उहाँले कारबाही पनि यस्तो मानिसलाई गर्नुभयो, जसलाई आफैँले आफूपछिको सुदूरपश्चिमको नेताको रूपमा ‘ग्रुम’ गर्न खोज्नुभएको थियो ।
पुस्कर ओझा अघिल्लोपटक त्यही ठाउँमा चुनाव जितेको ‘सिटिङ एमपी’ पनि हुन् । सबै ‘सिटिङ एमपी’हरूलाई हामीले टिकट दिने कोशिस गरेका थियौँ । तर ओझाको हकमा उनको चित्त नबुझाई कांग्रेस राजनीतिमा प्रवेश गरेको लामो समय नभएकी आरजुलाई टिकट दिएपछि असन्तुष्टि बढ्नु स्वभाविक कुरा नै हो । यसमा देउवाले पनि पार्टीको चरित्रअनुसार श्रीमतीलाई सम्झाउनुपथ्र्यो, त्यो देउवाजीले सक्नुभएन । आजको दिनमा सभापति बनेपछि पुरानो शेरबहादुर बदलिनुहोला भन्ने चिन्ता आमकार्यकतामा हुँदैन भनेर भन्न सकिन्न ।
देउवाभन्दा अझ पुराना र नेतृत्वमा देउवाकै हारहारीका नेता हुन्, रामचन्द्र पौडेल । उहाँलाई गोविन्दराज जोशीले सहयोग गर्नुभएन भन्ने कुरा स्वभाविकै हो जस्तो लाग्छ । पौडेलजीको उजुरीबाट जोशीको उम्मेदवारी खारेज भएको थियो । त्यसको प्रतिक्रिया स्वरूप सहयोग गर्नुभएन होला, तर जोशी एउटा समय पौडेललाई पछार्छु भनेर कांग्रेसको राजनीतिमा हिँड्नुभएको थियो । तर अहिले त जोशी र पौडेलको राजनीतिक उचाइ एउटै त छैन । पौडेल सभापति भइसक्नुभएको छैन तर बन्ने कोसिसमा हुनुहुन्छ । हाम्रो समूहको मुख्य नेता हो । तर हाम्रो समूहको मुख्य नेतामा पनि जोशीलाई क्षमा गर्न सक्ने क्षमाशील चरित्र देखिएन ।
त्यो क्षमता नदेखिएकाले मलाई कहीँ न कहीँ हाम्रो समूहको मुख्य नेताले कांग्रेसको मुख्य नेता हुन आवश्यक क्षमाशील चरित्र देखाउन सक्नुभएन कि भन्ने लाग्ने गर्छ । त्यो चरित्र न त देउवाबाट प्रदर्शन भयो न त पौडेलबाट नै । भनिन्छ नि, डुब्न आँटेको मान्छेले सानो लठ्ठी भेट्टायो भने त्यसैमा समातेर म डुब्नबाट जोगिन्छु भन्ने सोच्छ । त्यस्तै, कांग्रेसमा ठूलो पद सभापति, उपसभापति, महामन्त्री नभई मेरो बेला जान लाग्यो भन्ने सोच देखिन थालेको छ, त्यो चिन्ताको विषय हो । किनकी त्यसले महाधिवेशनमा पुग्दासम्म हामीलाई अझ बढी एक अर्कासँग झगडा गर्ने, तिक्ततापूर्व वातावरण निर्माण गर्ने र आफ्नै समूहभित्र नै उपसमूहमा विभाजित गराउन सक्छ ।
अब आउने महाधिवेशन हाम्रो मुख्य अवसर हो । आउने महाधिवेशनसम्म पुग्दा कांग्रेस ठीक बाटोमा आउँछ भन्ने भरोसा जनताको मनमा सिर्जना भयो भने मात्रै मुलुक ठूलो दुर्घटनातर्फ जाने, हाम्रो चार पुस्ताले दुःख गरेर बनाएको संविधान र लोकतन्त्र धरापमा पर्नसक्ने जोखिमहरू आफैँमा कम हुँदै जान्छन् । यस्तो संवेदनशील समयमा महाधिवेशन गर्दैगर्दा पनि नेतृत्व भने गम्भीर देखिँदैन ।
देउवाले जुन किसिमको महाधिवेशनको तयारी गरिरहनुभएको देखिन्छ, त्यो महाधिवेशनले कांग्रेस भन्ने एउटा टापु सिर्जना गर्ने र त्यो टापुमा उहाँ र उहाँका आफ्ना मान्छेबाहेक अरू नरहने जस्तो स्वभाव प्रदर्शन गरेको छ । चाहे विभाग गठन होस्, वा अरू किसिमका गतिविधि हेर्दा यस्तै लाग्छ । उहाँले जिल्ला–जिल्लामा प्रवेश गराएको अथवा क्रियाशील सदस्यता बाँडेका कुराहरू, पार्टीका सबै गतिविधिहरू, भ्रातृ–भगिनी संस्थाहरूको सञ्चालन अथवा यी सबै गतिविधिहरूले कांग्रेसलाई आमनागरिकका बीचबाट कांग्रेस अलि दिन बेग्लै किल्लामा वा बेग्लै टापुमा बसे हुन्छजस्तो देखिएको छ । सभापति पदमा चुनाव जितौँला अनि, टापु बाहिर आमनागरिकका बीचमा जाउँला भन्ने सोचेजस्तो लाग्छ ।
तर यसरी छुट्टै टापुमा गएर बस्नुभन्दा आगामी चुनावमा कांग्रेसलाई आमजनतामा कसरी लिएर जाने भन्ने प्रश्न महत्वपूर्ण होला । अहिले देउवा सभापति हुँदा देशले जुन अवस्था भोगेको छ । अबको महाधिवेशनले फेरि उनैलाई दोहो¥याउँदा देशको समस्या समाधान गर्न सक्ने पार्टी कांग्रेस बन्ला कि नबन्ला ?
यसका साथै कांग्रेसमा अहिले ४० वर्षदेखि ८० वर्षसम्म थुप्रै नेताहरू हुनुहुन्छ । ४० वर्षको अन्तररालको उमेर समूहमा पार्टीको मुख्य नेतृत्वमा जान सक्ने थुप्रै मान्छेहरू देखापरेका छन् । तर, कांग्रेसमा टाउको यति धेरै भारी भयो कि त्यसले जरैदेखि तानेर रुख ढाल्ला कि भन्ने चिन्ता हुनथाल्यो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को मुख्य चुनौती हो जस्तो लाग्छ । हाम्रो समूहमा एकभन्दा धेरै उम्मेदवार भए देउवाले सहजै चुनाव जितिहाल्नुहुन्छ, देउवाले जित्नुभयो भने भोलि कांग्रेसलाई जुन किसिमको भरोसायोग्य पार्टी बनाउनुपर्ने हो त्यो बनाउन सक्नुहुन्न होला भन्ने हाम्रो आरोप छ । (कुराकानीमा आधारित)
प्रतिक्रिया