एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोजमा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) को केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गते काठमाडौँमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो । बैठक आज बस्नका लागि तयारी गरिएको भए पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया