बालदिवसको अवसरमा विद्यार्थी पुरस्कृत

अर्घाखाँची । ‘सामान्य अवस्था वा माहामारी : बालअधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ सन्धिखर्क नगरपालिकाले बाल दिवस मनाएको छ । यस अवसरमा सन्धिखर्क नगरपालिकाले नगरभित्रका आधारभूत तहमा चार जिपिए ल्याउने सन्धिखर्कका विभिन्न आधारभूत विद्यालयका विद्यार्थीहरूलाई नगदसहित सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रम नगरपालिका उपप्रमुुुुख ठाकुरकुमार विकको अध्यक्षता नगरप्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

शिक्षालाई प्राविधिक गुणस्तरीय सर्वसुलभ र सबैको पहुँचमा बनाउन सन्धिखर्क नगरपालिका लागिपरेको नगरप्रमुख कमलप्रसाद भुसालले बताए । प्रमुख भुसालले भने, ‘हामी शिक्षालाई सबैको पहँुचमा पु¥याउन दलित जेहेन्दार दलित विद्यार्थीलाई विशेष कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाको उचित पठनपाठन तथा सिंगो नगरको विकासमा आपूmहरू प्रतिबद्ध भएको बताए ।’

शिक्षा क्षेत्रको सर्वांगीण विकासका लागि आपूmहरू योजनाबद्ध तरिकाले लागिपरेको नगरउपप्रमुख ठाकुरकुमार बिकले बताए । उपप्रमुख विकले, ‘हामीहरूले नगरको विकास र समृद्धिको खाका बनाई अगाडि बढेका छौँ जनताको माग र आवश्यकताको आधारमा विकास निमार्णका कार्यहरू अगाडि बढाएका छौँ, बाल शोषणको अन्त्य गरी समतामूलक समाज निमार्णको अभियानमै छौँ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले कोभिडको महामारीले शिक्षा क्षेत्र निकै प्रभावित भएको भन्दै राज्यले विशेष योजनाका साथ काम गर्नुपर्ने बताइन् । कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु खनाल, पत्रकार महासंघ जिल्ला शाखा सहसचिव हृदयकुमार भुसाल, सम्मानित विद्यार्थी भीषण गैरे, शिक्षक बिजुला रायमाझी लगायतले विद्यार्थीहरूलाई बधाइ ज्ञापन गर्दै बाल दिवसको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरू भीषण गैरे, कमल जिएम सबिन बेल्वासे, अनिषा श्रेष्ठहरू नगद, खादा तथा प्रशंसापत्रसहित सम्मानित भएका थिए । नगरपालिकाले यस अवसरमा विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री हस्तान्तरण गर्न लागेको महिला विकास शाखा प्रमुख बेलकुमार परियारले बताइन् । कार्यक्रममा नगरउपप्रमुख ठाकुर विकको अध्यक्षता, नगरप्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यता, महिला बालबालिका शाखा प्रमुख बेलकुमारी परियारको सञ्चालन तथा नगर कार्यपालिका सदस्य पद्मा भुसालले स्वागत मन्तव्य दिएकी थिइन् ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया