त्रिकोणात्मक सिरिजको लागि नेपालको तयारी पूरा

काठमाडौं । सोमबारबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको लागि राष्ट्रिय टोलीको सम्पूर्ण तयारी पूरा भएको छ । भदौ आठमा ओमान पुगेको नेपालले तीन हप्ता प्रशिक्षण र पपुवा न्युगिनी (पिएनजी) सँगको दुई ओडिआई खेलसँगै नेपालको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालले तीन हप्ता नेपालको बन्द प्रशिक्षणपछि भदौ पहिलो साता ओमान भ्रमण गरेको थियो । नेपालले पहिलो खेलमा पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तीन हप्ताको ओमान प्रशिक्षणले नेपाली टोलीले त्यहाँको वातावरण र मैदानबारे पनि राम्रो ज्ञान बटुलेको छ । पिएनजीसँगको दुई खेलसँगै नेपालले आफ्नो कमजोरी पत्ता लगाउने राम्रो अवसर पनि पाएको छ ।

नेपालले पहिलो खेलमा सोमबार अमेरिकासँग खेल्ने छ । पिएनजीसँग पहिलो खेलमा ब्याटिङ कमजोर मानिएपनि दोस्रो खेलमा सुधार गरेको थियो । नेपालले ओमान भ्राणमा लक्ष्य चार खेलमा शतप्रतिशत जितका साथ ८ अंक बटुल्ने छ । विश्वकप लिग २ आइसिसी एकदिवसिय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् ।

जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बी बाट आउने शीर्ष दुई टोली गरि ६ टोलीबीच प्रतिस्पर्धा गर्ने छन् । प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउने छन् । ग्लोबल छनोटमा १० टोली हुने छन् । आइसिसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भई सकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्ने छन् ।

सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग–२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स (युएई) ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

प्रतिक्रिया