सीमानाकामै कोरोना विरुद्धको खोप

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमानाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

‘एक साता अघिदेखि खोप लगाउने कार्य सुरु गरेका हौँ’, उनले भने, ‘हालसम्म भारतबाट फर्कने तीन सयभन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।’ सीमानाकामा पहिलो खोप लाउनेले दोस्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा आउने गरेका छन्

खोपको सामान्य ‘साइड इफेक्ट’ रहे पनि हालसम्म यहाँ खोप लगाएकाहरूमा कुनै जटिल समस्या देखिएको छैन । सीमानाकामा आइपुग्नेलाई खोप लगाए नलगाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अवस्थाका र दीर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो । कार्यालयका अनुसार हालसम्म जिल्लामा १ लाख ७ हजार १ सय ६३ ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७ सय ९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

प्रतिक्रिया