एक वर्षमा २८ हजारले लिए नागरिकता

धनगढी । कैलालीमा एक वर्षमा २८ हजार ९५ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आव ०७७/७८ मा जिल्ला प्रशासन कार्यालय कैलाली, इलाका प्रशासन कार्यालय सुखड र इलाका प्रशासन कार्यालय टीकापुरबाट गरी उक्त संख्याका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । सो अवधिमा जिल्ला प्रशासन कार्यालय कैलालीबाट ५ हजार २ सय १६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । आव ०७७÷७८ मा १ सय २६ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएको र १ जनाले नागरिकता परित्याग गरेको उनले बताए ।

गत आवमा जिल्ला प्रशासन कार्यालय कैलालीबाट ६९ वटा नाबालक परिचयपत्र जारी गरिएको जनाइएको छ । कार्यालयबाट गत आवमा १ हजार ३ सय ५६ राहदानी वितरण गरिएको, राहदानीको साधारण सिफारिसको संख्या २ हजार १ सय ८१ रहेको र राहदानीका लागि द्रुत सेवा सिफारिस संख्या ५ सय ७२ रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । गत आवमा जिल्ला प्रशासन कार्यालय कैलालीमा चार वटा छापाखाना, सात वटा पत्रपत्रिका र १ सय ६९ वटा संघ संस्था दर्ता भएको र ३ सय ५७ संघ संस्था र ८४ हातहतियार नवीकरण भएको जनाइएको छ ।

कार्यालयले गत आवमा हातहतियारको इजाजत÷नवीकरणबाट ७६ हजार ३ सय २५, परीक्षा शुल्कबाट ३८ हजार ६ सय, राहदानी वापत १ करोड १० लाख ६३ हजार ६ सय, संघ संस्था दर्ता÷नवीकरण तथा पत्रपत्रिका दर्ता वापत ७ लाख ५० हजार ८ सय ५० र दण्ड जरिवाना र जफत वापत ३५ लाख २ हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । गत आव ०७६/७७ बाट जिम्मेवारी सरी आएका र आव ०७७÷७८ मा नयाँ दर्ता भएका गरी सार्वजनिक १ हजार ३ सय ४७, हातहतियारका एक, क्षतिपूर्तिका ४२, जुवाका ३४, पशुपंक्षिसम्बन्धी एक, खाद्यका २१ र सुर्तिजन्यका एक वटा मुद्दा रहेकोमा गत आव ०७७÷७८ मा ६ सय ९४ सार्वजनिक, एक हातहतियार, एक क्षतिपूर्ति, १० जुवा र १ सुर्तिजन्यसम्बन्धि मुद्दा फस्र्याैट भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया