कालिकोट । परम्परागत हानिकारक अभ्यास न्युनिकरणकका लागि मान्ममा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्ममा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा १ दिने बाल विवाह न्युनिकरण र प्रजनन स्वास्थ्यमा किशोरीको भूमिका तथा अन्य हानिकारक अभ्यास न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा किशोर किशोरीको अवस्था र प्रजनन स्वास्थ्य एवं वाल विवाह न्युनिकरणका लागि मिडियाको भूमिकामा आधारित विषयमा विभिन्न छलफल गरिएको थियो ।
प्लान नेपालको सहयोग र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा कालिकोटका तीन वटा स्थानिय तह रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउपालिका र नरहरिनाथ गाउँपालिकामा हानिकारक अभ्यास न्युनिकरणका लागि काम गरिरहेको छ ।
शिक्षाबाट बन्चित बालबालिका र विद्यालयको पहुँचभन्दा बाहिर रहेका किशोर किशोरीलाई विद्यालय सम्म पुग्नका लागि र वाल विवाह न्युनिकरणका लागि प्लान ईन्टरनेशनल नेपालले काम गरिरहेको प्लान नेपाल हुरेन्डेकका कार्यक्रम संयोजक शिव संकर उपाध्यायले बताए ।
कार्यक्रममा हुरेन्डेक नेपाल कालिकोटका बोर्ड सदस्य खडानन्द अधिकारीको अध्यक्षता, बोर्ड सदस्य तारा सार्की, प्लान नेपालका कार्यक्रम संयोजक शिवशंकर उपाध्याय,डम्बर बोहोरा, हुरेन्डेक नेपाल कालिकोटका लेखा अधिकृत धिरज शाहीको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न रेडियो, पत्रपत्रिका, अनलाइन मिडियामा कार्यरत पत्रकारको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सभा अध्यक्षको पद ग्रहण गर्ने बोर्ड सदस्य खडानन्द अधिकारीले समाजमा रहेका विभिन्न कुरीति कुसंस्कार न्युनिकरणका लागि पत्रकारहरुको समेत ठूलो भूमिका रहने भएकाले सबैले यो क्षेत्रलाई मध्यनजर गर्दै कलम चलाउनु आवश्यक रहेको बताएका हुन । कार्यक्रमको सञ्चालन प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक शिव शंकर उपाध्यायले गरेका हुन् ।
कालिकाेट
प्रतिक्रिया