माधव नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज पनि बस्दै छ । अहिले केही बेरमा छलफल गर्ने तय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनीहरुले मंगलबार पनि बानेश्वरस्थित अर्याल होटेलमा छलफल गरेका थिए । नेता नेपाल पक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ । सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरे नेपाल समूह नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने तयारी छ ।

प्रतिक्रिया