आज भारी वर्षा हुने, नदी आसपासका क्षेत्रमा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज(आइतबार) भारी वर्षाको संभावना रहेको बताएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । भारी वर्षासँगै पहाडी भू– भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको बुलेटिनमा उल्लेख छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामन्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ श्रावण ३१ गते (आइतबार)
दिउँसोः देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण ३२ गते (सोमबार)
दिउँसोः देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र ०१ गते (मंगलबार)
दिउँसोः देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया