माधव पक्षको केन्द्रीय समिति बैठकमा सुरेन्द्र र योगेश अनुपस्थित

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।

नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

प्रतिक्रिया