स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले आज (सोमबार) आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहुञ्जेलसम्म आफू आवद्ध रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । उनि राजनीतिकसँगै एक ठूलो व्यवसायी पनि हुन् ।

प्रतिक्रिया