काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह समर्थित अखिल फोर्सले शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबिच विवाद उत्कर्षमा पुगेको बेला अखिल फोर्सको गठन भएको थियो। केपी शर्मा ओली समर्थित युथ फोर्सलाई काउन्टर दिँदै अखिल फोर्स गठन गरिएको हो । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना भएको अखिल फोर्सको बृहत् भेलालाई माधव नेपाल लगायत नेताले सम्बोधन गरेका थिए।
प्रतिक्रिया