लुम्बिनी प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया