सामाजिक व्यवहारमा सहमति, सहिष्णुता र सम्झौताको महत्व

कृष्ण बोहोरा

जानेर बा नजानेर विश्वका अरू पनि धेरै कम्युनिस्ट नेताहरूले कम्युनिस्ट शब्दलाई नै बदनाम बनाए । यसैले जजसलाई कम्युनिस्ट शब्ददेखि एलर्जी भएको छ, उहाँहरूले यो शब्द प्रयोग नगरिकन पनि जान सक्नुहुन्छ तर सामाजिक विज्ञानको रूपमा समाजवादलाई राज्यले अनुसरण गर्नु नै सामाजिक समस्याहरू हल गर्ने एक मात्र बाटो हो ।

सानो बालक जब पहिलोचोटी तपार्इं बिद्यालय पठाउनुहुन्छ, विद्यालयमा गएपछि उसले के कस्तो व्यवहार गर्दछ तपार्इं हामीलाई थाहा भएकै कुरा हो । पहिलोदिन उसले साथीहरूका सामान, डट्पेन, कापी कलम जे पाउँछ लुटन थाल्छ । साथीलाई पिटेर वा चिथोरेर बा चिथोरी मागेर ऊ थाकेर घर आउँछ । सुरुका दिनहरूमा सधैँ यस्तै गर्दछ बच्चाले । यसो गर्न ऊ खुब मन पराउँछ । किन यसो गर्दछ भन्दा, उसले सामाजिक व्यवहार जानेको छैन । यो बानी पनि परेको छैन । बिस्तारै विद्यालयको वातावरणले गर्दा उसले सामाजिक कुरा सिक्दै जान्छ र उसले यसो गर्न छोड्छ । बच्चाले गर्ने यस्तै व्यवहारको केही रूप हामी समाजमा ठूला मानिसहरूमा पनि देख्न सक्दछौँ । यसैले त हाम्रो सामाजिक वातावरणमा द्वन्द्व र झगडा भइरहन्छ । यस दृष्टिकोणले हेर्दा हामीमा पनि सामाजिक व्यवहारको कमी भएकाले यसो हुन गएको हो भन्न सकिन्छ ।

सम्झौता भन्नाले दुई बेग्लाबेग्लै विचार र भावना बीचमा मिलन बिन्दु खोज्नु वा दुबै पक्षले आ–आफ्ना केही कुरा छोडी मिलेर अगाडि बढ्नु हो । यसो भनिरहँदा मैले कुनै शोषण गर्ने र शोषित हुनेको बीचमा सम्झौताको विषयमा लेख्न खोजेको होइन । बरु समाजमा एउटै परिवारमा हुने बेमेल, श्रीमान र श्रीमतीको बीचमा हुने बेमेल र छरछिमेक र साथीभाई तथा इस्टमित्रहरूको बीचमा हुने बेमेललाई इंकित गर्न खोजेको हँु । बेमेल, झैझगडा र अन्तरद्वन्द्व त्यसै हुने होइनन् । त्यसका पनि निश्चित कारणहरू हुन्छन् । यी सबै कारणहरूलाई खोतल्दै जाँदा मोटामोटी रूपमा बेमेलका निम्न कारणहरू देखिन्छन् ।

(क) आत्मसम्मान : आत्मसम्मानको भावना सबैमा हुने मानवीय भावना हो । यो धनीमा हुने गरिबमा नहुने, ठूलोमा हुने सानोमा नहुने, शासकमा हुने शासितमा नहुने, पुरुषमा हुने महिलामा नहुने भन्ने हँुदैन । जब कसैले कसैको आत्मसम्मानमा ठेस पु¥याउँछ तब मनमुटाव सुरु भइजाने हुन्छ । कसैमा अरूलाई होच्याउने खसाल्ने बानी हुन्छ । यसैको कारण झैझगडा र लडाइँसमेत भएका उदाहरणहरू पाइन्छन् । यसैले प्रत्येकले प्रत्येकको आत्मसम्मानको सम्मान गर्ने गरौँ । यस्तो अभ्यास आफैंबाट र अझ घरैबाट सुरु गर्नसके बालबालिकाको व्यक्तिगत र चौतर्फी विकासमा समेत सहयोग पुग्दछ । हामीले भन्ने गरेको प्रजातन्त्र र लोकतन्त्रको पनि कसी हो यो ।

(ख) रहर : मानिसका उमेर अनुसारका रहरहरू हुन्छन् । जब रहरहरू पूरा हँुदैनन् । बुभ्mनुपर्ने मानिसले कुरा बुझिदिँदैनन् तब मनमुटाव र झगडा सुरु हुन्छ । यो झगडाको रूप बढ्दै गए पारिवारिक कलहले विद्रोहको रूप लिन्छ । यसैले रहरहरूलाई पनि बुझाँै सकेको सामाधान गर्नतिर लागौँ नसके बास्तविकता बुझाउँ ।

(ग) आफ्नो स्वार्थ मात्र देख्ने आँखा : कसैमा आपूmलाई मात्र बुभ्mने अरूलाई नबुभ्mने, आफ्नो स्वार्थ त खुब बुझ्ने, अरूका स्वार्थ भने केही नबुभ्mने, आफूलाई परेको मर्काका विषयमा खुबै व्याख्या गर्न सक्ने अरूका बारेमा एक शब्द बोल्न नसक्ने मनोरोगी हुन्छन् । यसले समस्या ज्यादा निम्त्याउँछ । झगडा र अन्तरद्वन्द्वलाई यसले निम्तो दिन्छ । यसैले आपूmलाई भन्दा पहिले अरूलाई बुझ्न सुरु गराैं आजैबाट । तब तपार्इंको झगडा सामाधानको दिसामा अघि बढ्न सुरु हुन्छ ।

(घ) पछाडि कुरा काट्ने प्रवृत्ति : कसैका कुरा मन नपरे अगाडि नै तपाईंका यी कुरा चित्त बुझेन वा ठीक भएन भनी सुहाउँदो हिसाबले कुरा प्रष्ट गर्न सकिन्छ । तर, सम्बन्धित मानिस नभएको बेला उसको कुरा पछाडिबाट काटिन्छ भने यसले सम्बन्धित मानिसलाई शत्रु बनाउने कामबाहेक अरू केही हुन सक्तैन । कुनै व्यक्तिका अगाडि कुनै तेस्रो व्यक्तिको नराम्रो कुरा तपार्इंले गरिरहनुभएको छ भने सुन्ने ब्यक्तिले पनि तपाईंको विषयमा राम्रो मूल्यांकन गरिरहेको हँुदैन । किनकी आफ्नो अनुपस्थितिमा पनि अरूसँग उसले पक्कै यस्तै नराम्रो कुरा आफ्नो बारेमा पनि गर्ला भन्ने परिरहेको हुन्छ । यसैले यस्तो बानी त्याग्नु नै बेस हुन्छ ।

(ङ) गलत बुझाइ : कहिलेकाहीँ अरूले आफ्नो बारेमा राम्रो चिताउँदा चिताउँदै र राम्रो बताउँदा बताउँदै पनि बुझाइ गलत हुन जान्छ । यसैबाट मनमुटाव सुरु हुने हुन्छ । यसैले अरूका कुरा ध्यान दिएर सुन्ने र प्रष्ट हुन कोशिस गर्ने साथै आफ्नो कुरा पनि प्रष्टसँग अरूलाई बुझाउने बानी बसालौँ । जसले गर्दा बुझाइ गलत हुन नपाओस् ।

(च) स्वभाव : पारिवारिक वातावरण साथीसंगी छरछिमेक अनि आफू जन्मेहुर्केको परिवेशले हामीलाई केहि संस्कार र मान्यता सिकाएको हुन्छ । यो व्यक्तिको मनमष्तिष्कमा नमेटिने गरी रहेको हुन्छ । जुन कुरा हामी ठूलो भएपछि हाम्रो स्वभाव र व्यवहारमा पनि झल्किन्छ । यो कुरा सबैमा लागू हुने भएकाले कसले सिकेको संस्कार र व्यवहार राम्रो र कसको चाहिँ नराम्रो भन्न गाह्रो छ । संस्कार र मान्यताको कुरा गर्दा सबैलाई आआफ्ना संस्कार र मान्यता प्यारो हुन्छ । कसैले कसैलाई खिसी टेउडी गर्नु साँघुरो चिन्तनको प्रतिफल हो । यसो भएता पनि आपसी सहमतिमा जुन कुरा हाम्रो जीवन व्यवहारमा काम लाग्ने हुन्छ, त्यो अनुसरण गर्नलायक हुन्छ । नयाँ र पुराना मान्यताका बीचमा पनि हाम्रो समाजमा केही अन्तरद्वन्द्व र छलफल हुने गर्दछ । पुराना मान्यता र व्यवहार सबै पित्तल, नयाँ जति सबै सुन वा नयाँ जति सबै पित्तल पुराना सबै सुन र काम लाग्ने बस्तु भन्ने पनि हुँदैन । व्यक्तिको स्वभाव फरकफरक हुनुको अर्को कारण पनि छ । प्रत्येक व्यक्तिको अनुहार फरक भएजस्तै प्रत्येक व्यक्तिको स्वभाव पनि फरकफरक हुन्छ । आनुवंंशिक जिनमा हुने भिन्नताको कारणले यसो भएको हो भन्छ हाम्रो विज्ञानले । समाजमा कसैकसैको स्वभाव आनिबानी मिल्न पनि सक्तछ । जब यसरी स्वभाव मिल्न गएमा उनीहरूको बीच स्वतः मेलमिलाप हुन्छ । तर, यो ज्यादै नगन्य रूपमा भेटिन्छन् । स्वभावगत रूपमा केही न केही भिन्नताहरू मानिसमा हुन्छन नै । यसरी भिन्न स्वभावका मानिसहरू एकै परिवारमा वा एउटै ठाउँमा बसेर काम गर्नुपर्दा आपसी समझदारीमा नचल्ने हो भने यहि भिन्न स्वभावकै कारणले पनि टकराव सुरु हुन्छ । व्यावहारिक झमेला आउन थाल्छ । यसैले भनिन्छ मानिसमा सहिष्णुताको खाँचो पर्दछ ।

(छ) संंस्कारहरूको बीचमा हुने टकराव : पहाडी समुदायमा बस्ने मानिसहरूको परम्परा संंस्कार संस्कृति र मान्यता हिमाली र तराई क्षेत्रमा बस्ने समुदायमा बस्नेसँग मिल्दैन । अर्थात यी तीनै क्षेत्रको बस्तुस्थितिमा फरक भएका कारणले संस्कार संंस्कृति र मान्यताहरू पनि फरक पर्न जान्छ । यदि भिन्न क्षेत्रका मानिसहरू आपसमा सँगै मिलेर बस्नुपर्ने र काम गर्नुपर्ने भएमा यही फरक परिवेशका कारणले पनि मनमुटाव र टकराव सुरु हुन्छ । आजको ग्लोबलाइजेसनको युगमा मानिस महादेशहरूको सिमानासमेत काटेर विदेशमा बसेर पनि काम गर्नुपर्ने अवस्था सिर्जना भइरहेको हुन्छ । यसैले अलिकति संंझौता त गर्नै प¥यो नि त ।

(ज) पारिवारिक मान्यता : जीवन दर्शन, धर्म, जातिगत संस्कार आदिले पारिवारिक मान्यतामा फरकपनाको आभास दिन्छ । यसले बोल्ने र व्यवहार गर्ने शैली र तौरतरिकामा फरक पार्दछ । हतारमा निणय गर्ने र फुर्सदमा पछुताउने दिन आउन सक्छ । सकेसम्म सोचविचार गरेर निर्णय लिने । यदि दुई परिवारको विचमा मिलन (बिहाबारी) जस्तो संवेदनशील विषय भइसकेको अवस्थामा दुबै पक्षको सहमति र सहिष्णुताले मात्र काम बन्छ । पुनः हतारमा निर्णय लिँदा पछुताउने दिन नआउला भन्न सकिन्न ।

(झ) जुंगाको लडाइँ : हाम्रो देशमा यस्ता मानिसहरूको जमात पनि छ । जो आपैmँ धेरै बुज्रुक छन् । बास्तविक कुरा यहि हो भन्ने छुटयाउन पनि उनीहरू सक्षम छन तर यो कुरा समयमा आफ्नो दिमागमा आएन । तर, अर्को व्यक्ति बा पार्टीले यो कुरा अगाडि सा¥यो । मनको भित्रपट्टी यो कुरा ठीक हो भन्ने पनि लागेको छ । तर, सो कुराको जस अर्काले लेला भन्ने डरले ठीक लाग्दालाग्दै पनि त्यो कुराको विरोधमा जाने गर्दछन् । यो कुरा समाज र राष्ट्रको लागि एकदमै संवेदनशील र काम लाग्ने पनि हुन सक्दछ । तर, त्यहि कुराको विरोध गरिरहेका हुन्छन् । आममानिसहरूले बास्तविकता बुझिसकेका हुन्छन् । किनकी यो सूचना प्रविधि र इन्टरनेटको युग पनि हो । तर, उनीहरू टसमस केही नगरी विरोधमै हुन्छन् । यसले पनि समाजमा द्वन्द्व झगडा र अशान्ति भित्रिन्छ । यो उदाहरण धेरै त हाम्रो देशको राजनीतिक पार्टीहरू र ठूला भनिने राजनीतिक नेताहरूमा देखिन्छन् । आममानिसले सहजै बुभ्mन सक्ने यस्ता विषयमा अरूले भनेको भए पनि राम्रो कुरा आयो भनी समर्थन गर्दा के बिग्रन्छ ? सर्वज्ञ को नै हुन्छ र ? बरु यसले राम्रो कुराको समर्थन गर्नेको रूपमा दुनियाँले मूल्यांकन त गर्ला नि ! यसो नभए पनि सकारात्मक सन्देश बोक्नेको दिमागमा नयाँ र काम लाग्ने नयाँ अरू विषय पनि सुभ्mदै जाने हुनाले अगाडि बढ्न सजिलो हुन्छ । राजनीतिक पार्टीका आलाकाँचा कार्यकर्ता त आजकल एक अर्कालाई सिध्याउन कपोलकल्पित र झुट्टा अफवाह फैलाउन पनि पछि परेका छैनन् । अरूका संंवेदनशील र व्यक्तिगत विषयमा बढता केन्द्रित भएको देखिन्छन् । यसले झगडाको वीजारोपण नगरे के गर्दछ त ?

(ञ) व्यवहारमा भिजेको बा नभिजेको : आफ्ना छोराछोरीलाई व्यावहारिक बनाउनतिर ध्यान नदिने अभिभावक पनि हुन्छन् । अझ आर्थिक रूपमा ज्यादा सम्पन्न भएका कारण छोराछोरीका जुनसुकै माग पूरा गर्ने हैसियत र मानसिकता भएका परिवारमा केटाकेटीहरूले समाजलाई राम्रोसँग बुझ्न पाउँदैनन् । व्यापार आदि कारणले व्यस्त जिन्दगी बिताउने मानिसहरूका लागि केटाकेटीलाई उचित ध्यान दिन नपाउने अवस्था पनि हुन्छ । यस्तै विना परिश्रमको कमाइले आर्थिक हैसियत ज्यादा माथि भएमा त्यस्ता परिवारका केटाकेटीलाई काम, परिश्रम र व्यवहार धेरै बुझिरहनुपर्ने झन्झट पनि रहँदैन । काम सीप र अभ्यासको आवश्यकता नदेखेका यस्ता केटाकेटी ठूलो भएपछि पनि विकृति र विसंगतिमा फस्दछन । मादकपदार्थ सेवन र बबाल मच्चाउँदै हिँड्नु त यिनीहरूका लागि सामान्य कुरा हो । अझ गाँजा चरेस र दुव्र्यसनीमा यिनीहरू फस्ने गर्दछन् । उदाहरणका लागि हाम्रो राज परिवार सबैले बुझने प्रष्ट उदाहरण हो । ठूला भ्रष्टाचारी र तस्करका छोराछोरीहरूको पनि गति यस्तै हुन्छ । यिनीहरूको व्यवहारले समाजमा एउटा ठूलै अशान्तिको सिर्जना गर्दछ । अतः यस्ताको संगतबाट चाहि जोगिनु नै बेस ।

(ञ) रोगी अशक्तलाई हेर्ने दृष्टिकोण र व्यवहार : समाजमा सबै मानिस निरोगी र सपांग हुन्छन् भन्ने छैन । हाम्रो समाजमा वृद्घ, रोगी र अपांग पनि बसोवास गर्दछन् । उनीहरूका पनि चाहाना इच्छा र आकांक्षाहरू हुन्छन् । वृद्घवृद्घा र रोगीहरूको उचित हेरचाह र अपांगहरूलाई उनीहरूको इच्छा आकांक्षा र चाहना अनुरूप अगाडि बढ्न सक्ने वातावरण समाजले मिलाउनुपर्ने हुन्छ । नत्र यो पनि अन्तरद्वन्द्वको एउटा विषय बन्न सक्छ ।

(ट) धार्मिक सहिष्णुताको अभाव : एउटा नेपाली बौद्घनाथमा पुगेर माने घुमाउँदै बुद्घको अगाडि शिर झुकाउँदछ । पुनः पशुपतिनाथको अगाडि पनि यसरी नै शिर झुकाउँदै प्रार्थना गर्ने गर्छ । नेपालीमा भएको यो धार्मिक सहिष्णुताको एउटा अनुपम नमुना हो । केही वर्ष यता आएर हामी कहाँ धार्मिक अन्तरद्वन्द्व फैलाउने कोशिस पनि नभएको होइन । विदेशमा धर्मकै निहुँमा ठूलाठूला धार्मिक युद्घ भएका उदाहरण पनि छन् । यसैले धार्मिक सहिष्णुताको वातावरण बनाइराख्नु हाम्रो समाज, राज्य र प्रत्येक नेपालीको कर्तव्य हो ।

माथि दिएको उदाहरणहरू समाजमा अशान्ति झैझगडा र अन्तरद्वन्द्व सिर्जना हुने मोटामोटी कारणहरू मात्र खोतल्ने प्रयास गरिएको हो । यी सँगसँगै अनगिन्ती र अथाह कारणहरू छन, जसले अन्तरद्वन्द्व निम्त्याउँछ । सजिलोका लागि मात्र मैले यी उदाहरणको रूपमा मात्र दिएको हुँ । बाँकी सबै हामीले व्यवहारको दौरानमा सिक्दै सामना गर्दै जानुपर्ने हुन्छ । मानिस स्वभावैले आफू केन्द्रित हुन्छ । सबैभन्दा पहिला उसले आफैंलाई बुझ्दछ । यो जन्मजात गुण पनि हो । उसले आमालाई घुक्र्याएर रोएर खाना प्राप्त गर्दछ । सानु बालक हुँदा परिवार र छिमेकले पनि उसलाई राम्रो मान्दछन् । यसपछि मात्र उसले आफ्नो परिबेस र अरूलाई पनि बुझन सुरु गर्दछ । उसले आफ्नो स्वार्थ पहिलो प्राथमिकतामा राखेको हुन्छ । ठूलो हुँदै जाँदा उसको समाजप्रतिको दायित्व पनि थपिँदै जान्छ । उसले समाजमा मिलेर अगाडि बढ्न अरूको स्वार्थलाई पनि बुभ्mनुपर्ने हुन्छ । आफूलाई भन्दा अरूलाई पहिले बुझ्न थालियो भने आधा समस्या त्यसै समाधान हुन थालिसकेको हुन्छ । यो नै व्यक्तिलाई सामाजीकरण गर्ने पहिलो खुट्किलो हो ।

हामी बसेको संसारमा सामाजिक समस्याहरू हल गर्ने दुई किसिमका सिद्घान्त र बिचारहरू हाम्रासामू छन् । एउटाले भन्छ । इँटाको आकारप्रकारले कस्तो किसिमको घर बन्ने भन्ने कुराको निश्चित गर्दछ । अर्कोले भन्छ निश्चित डिजाइनमा तयार गरेको घरमा प्रत्येक इँटाको महत्व झल्किन्छ । एउटाले भन्छ व्यक्तिको विकास भएपछि समाजको आफैं विकास हुन्छ । अर्कोले भन्छ सामाजिक सिस्टमको विकास भएपछि व्यक्ति पनि समाजको अंग भएकाले उसको पनि विकास हुन्छ । यसैले मार्कसले दोस्रो किसिमको सिद्घान्तलाई रोज्नुभयो । यसैले सामाजिक अन्तरविरोधहरूको हल गर्न विश्वमा पहिलोपटक वैज्ञानिक समाजवादी सिस्टमको परिकल्पना गर्नुभयो । हुन त विश्वमा भियतनामको पोलपोट, रुमानियाको चाउचेस्कुजस्ता तानाशाहहरूले कम्युनिस्ट शब्दलाई आफ्नो निजी कम्पनीको ब्रान्डेड बनाई पार्टी भित्रका इमानदार मानिसहरू र आमजनतालाई समेत दबाउने सम्मको हर्कत गरेकाले शब्दलाई बदनाम बनाउने काम भएको छ । हाल आएर उत्तर कोरियामा पनि यस्तै देखिँदै छ । जानेर वा नजानेर विश्वका अरू पनि धेरै कम्युनिस्ट नेताहरूले कम्युनिस्ट शब्दलाई नै बदनाम बनाए । यसैले जजसलाई कम्युनिस्ट शब्ददेखि एलर्जी भएको छ, उहाँहरूले यो शब्द प्रयोग नगरिकन पनि जान सक्नुहुन्छ तर सामाजिक विज्ञानको रूपमा समाजवादलाई राज्यले अनुसरण गर्नु नै सामाजिक समस्याहरू हल गर्ने एक मात्र बाटो हो ।

प्रतिक्रिया