एमाले प्रवेश गर्दा कारबाहीमा परेका माओवादी पूर्वसांसदको निवेदन ‘हेर्न नभ्याइने’मा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का चार जना पूर्वसांसदले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्कीको इजलासमा तोकिएको निवेदनमाथि सुनुवाइ गर्न समय पुगेन। त्यसअघिको एउटा मुद्दामाथि सुनुवाइमै समय लागेपछि चार जना पूर्वसांसदको निवेदनलाई ‘हेर्न नभ्याइने’मा राखिएको छ ।

नेकपा (एमाले) प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए । आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्। चारै जनाको निवेदनमाथि आज सुनुवाइ तोकिएको थियो । ‘हेर्न नभ्याइने’मा परेको उनीहरूको निवेदनमाथि अब १५ साउनमा सुनुवाइ तोकिएको छ ।

प्रतिक्रिया