‘कदमको छायाँले’ नयाँ भर्सनमा

काठमाडौं । गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले बीस वर्षअघि गाएको ‘कदमको छायाँले’ गीत नयाँ भर्सनमा सार्वजनिक भएको छ । यो गीत करिब २० वर्षअघि रेकर्ड गरिएको थियो । गीतलाई नयाँ एरेन्जमेन्टसहित भिडियो रीमा इन्टरटेन्मेन्टले सार्वजनिक गरेको छ ।

पहिलो गीतमा गायिका बिमाकुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यको स्वर रहेको थियो । पुरानै लय भए पनि शब्द र भिडियोमा देखिने कलाकारमा भने नयाँपन दिने कोशिस गरिएको छ । नयाँ भर्सनमा गायिका सुनिता बुढा छेत्रीले आवाज भरेकी छन् । गीतको शब्द तथा संगीत रायमाझीको रहेको छ । नारायण रायमाझीले निर्देशन गरेको गीतको भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको छायांकन रहेको छ । त्यस्तै, भिडियोको सम्पादनसमेत मिराजले नै गरेका छन् ।

प्रतिक्रिया