कांग्रेस महाअधिवेशन भदौमा नहुने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको महाधिबशेन भदौ भित्र नहुने लगभग निश्चित भएको छ । तर अब कहिले गर्ने ? भन्ने सन्दर्भमा भने बिवाद यथावत छ । करिव १ सय वडाको क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी राखेर छानविन समितिले यही साउन १२ गते सोमबार सभापति शेरबहादुर देउवा समक्ष प्रतिवेदन बुझाएको थियो । क्रियाशील सदस्यता नविकरण तथा वितरणमा धााधली भएको कुरा उठेपछि रमेश लेखकको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । करिव एक महीना गृहकार्य गर्दा पनि छानविन समितिले सर्वसम्मत रुपमा प्रतिवेदन तयार गर्न सकेन । प्रतिवेदनमा छानविन समितिका सदस्य कल्याण गुरुङले नोटअफ डिसेन्ट लेखेका छन् । समितिका संयोजक लेखक र सदस्य गुरुङले सार्वजनिक रुपमा दिएका अभिव्याक्ति पनि मेल खाएको छैन । संयोजक लेखकले करिव १ सय वडाको विवाद टुंगो लाग्न बाँकी रहेको जनाएका छन् भने सदस्य गुरुङले डेढ सय भन्दा बढी वडाको टुंगो लाग्न बाँकी रहेको जनाएका छन् ।

छानविन समितिले सोमबार प्रतिवेदन दिँदै विवादास्पद बडाकाट १३ औं महाधिबशेनकै क्रियाशील सदस्यतालाई अन्तरिम मान्यता दिएर महाधिबशेन प्रक्रिया अघि बढाउन सुझाव दिएको थियो । तर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढनिलकण्ठमा बिहिबार बसेको पदाधिकारीको बैठकले बाँकी रहेका वडाको पनि विवाद टुंग्याउन छानविन समितिलाई निर्दे शन दिएको छ ।

अब कहिले होला त महाधिबशेन ?
क्रियाशील सदस्यताको फाइनल विवरण आफ्नो हातमा परेको ५६ दिनमा महाधिबशेन गर्न सकिने गरी केन्द्रिय निर्वाचन समितिले पार्टीलाई निर्वाचनको खाका पेश गरेको छ । यदि छानविन समितिले साउन १२ गते दिएको प्रतिवेदनलाई केन्द्रिय समितिले तत्काल अघि बढाएको भए असोजको दोस्रो साता भित्र महाधिबशेन संभव हुन्थ्यो । तर पदाधिकारीहरुको बुधबार बसेको बैठकले बाँकी बडाको पनि विवाद निप्ट्यारा लगाउन छानविन समितिलाई निर्देशन दिएको छ । यी वडाहरुको बिवाद निकै पेचिलो भएका कारण छानविन समितिलाई कम्तिमा पनि एक महिना लाग्ने अवस्था छ । भदौ १५ गते भित्र छानविन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर प्रतिवेदन दियो भने कात्तिक १५ गते भित्र महाधिबशेन हुने संभावना रहन्छ । तर दशैं। तिहार , छठ जस्ता पर्व पजि यहि वीचमा पर्ने भएकोले आगामी मंसीरमा महाधिबशेन गर्ने विषयमा पनि शीर्ष नेताबीच संवाद जारी छ । तर फागुनमा स्थानीय निर्वाचन हुने हो भने मंसीरमा महाधिबशेन गर्नु प्रत्यु्त्पादक हुने धारणा पनि कांग्रेसका नेताहरुले राख्दै आएका छन् । स्थानीय निर्वाचन पछि मात्रै महाधिबशेन गर्नु पर्ने सुझाव प्रदीप गिरि लगायतका नेताहरुको छ ।

निर्वाचन समितिले पार्टीलाई बुझाएको निर्वाचनको प्रारम्भिक खाकामा प्रक्रिया सुरु गरेको १९औं दिनमा वडा तहमा अधिवेशन गर्न सकिने उल्लेख छ । निर्वाचन निर्देशिका छपाइका लागि ५ दिन र निर्देशिका, विधान, नियमावली, प्रमाणपत्र प्याकिङका लागि ३ दिन लाग्ने समितिले जनाएको छ । यस्तै जिल्लामा पु¥याउन ४ दिन, जिल्लामा छलफल गर्न २ दिन, जिल्लाबाट वडामा पु¥याउन ५ दिन लाग्ने प्ररम्भिक खाकामा उल्लेख गरिएको छ ।

निर्वाचन समितिले प्रक्रिया सुरु भएको २३औं दिनमा पालिकाको, २८औं दिनमा प्रदेशसभा क्षेत्रीय कार्यसमितिको, ३०औं दिनमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको, ३३औं दिनमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको र ३८औं दिनमा प्रदेश सभा अधिवेशन गर्न सकिने खाकामा उल्लेख छ ।

समितिले प्रक्रिया सुरु गरेको ५६ औं दिनमा केन्द्रीय महाधिवेशन आयोजना गर्न सकिने जनाएको छ । ‘प्रक्रिया सुरु भएको ५१ देखि ५६ दिनमा केन्द्रीय अधिवेशन आयोजना गर्ने गरी निर्वाचनको खाका समितिले पार्टीमा बुझाएको छ । गत असार ४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो । कांग्रेसका सांगठनिक संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहमा हुनेगरी विधानमा व्यवस्था गरिएको छ । विधानअनुसार सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधि सभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति पर्छन् ।

क्रियाशिल सदस्यता रडाको
सोमबार बुझाएको प्रतिवेदन अनुसार क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजर ७ सय ११ छ । विबादका कारण करिव १ सय वटा वडाको क्रियाशील सदस्यको नाम प्रतिवेदनमा उल्लेख छैन । त्यो समेत जोड्दा नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या ९ लाख नाघ्न सक्छ ।
गत १३ औं महाधिबशेनको पुर्वसन्ध्यामा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु साँढे ४ लाखको हाराहारीमा थिए । बढ्दो जनसंख्या र वदलिँदो परिस्थिति अनुसार पार्टीलाई अगाडी बढाउन भन्दै नेपाली कांग्रेसले एक वर्ष अघि क्रियाशील सदस्यहरुको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो ।

पछिल्ला निर्वाचनहरुको परिणम हेर्ने हो भने १ करिव १ करोड नेपालीले मतदानमा भाग लिएको देखिन्छ । यस हिसावले कुल सक्रीय मतदाताको ९ प्रतिशत भन्दा बढी क्रियाशील सदस्य नेपाली कांग्रेसले बनाएको छ । क्रियाशील सदस्यको संख्या मात्रै बढाउनेकी उनीहरुलाई परिचालन गर्ने संयन्त्र पनि बनाउने ? भन्ने प्रश्न नेपाली कांग्रेस भित्र निकै पेचिलो हुँदै आएको छ । साँढे चारलाख क्रियाशील सदस्यता हुँदा पनि नेपाली कांग्रेसले परिचालन गर्न सकेको छैन । क्रियाशील सदस्यको मुुख्य जिम्मेवारी भनेको पार्टीका सबै गतिविधिहरुमा आफ्नो गाउँ तथा टोलका जनतालाई सहभागी गराउनु हो । तर क्रियाशील सदस्यहरु नै पार्टीका गतिविधिमा सहभागी नहुने समस्या नेपाली कांग्रेसले झेल्दै आएको छ । गत स्थानीय निर्वाचनमा त नेपाली कांग्रेसका कतिपय वडाका उमेद्वारहरुले क्रियाशील सदस्यको संख्या भन्दा पनि थोरै मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता प्रदान गर्ने मापदण्ड त बनाएको छ तर मापदण्ड अनुसार सदस्यता वितरण गर्न सकेको छैन । कसकसलाई क्रियाशील सदस्यता दिँदा आँफू पार्टी भित्र बलियो सकिन्छ भन्ने बाहेक नेपाली कांग्रेसको शीरदेखि पु्च्छार सम्मका नेता तथा कार्यकर्ताहरुले खासै ध्यान दिन सकिरहेका छैनन् । आफ्नो व्याक्तिगत स्वार्थसँग मेल खायो भने अरु पार्टीका मतदातालाई पनि क्रियाशील सदस्यता दिने , मेल खाएन भने आफ्नै पार्टीका पुराना र सक्रीय मतदाताको समेत क्रियाशील सदस्यता खोस्ने मानसिकताबाट नेपाली कांग्रेस माति देखि तलसम्म नै आक्रान्त छ । जसका कारण् हरेक महाधिबेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता संविन्धि रडाकोले सँधै महाभारत निम्त्याउने गरेको छ ।

क्रियाशील सदस्यता पाउनेहरुको लिंगिय, भौगोलिक, जातीय, सामुदायिक , उमेर समुह लगायतको विवरणलाई विश्लेषण गर्ने हो भने नेपाली कांग्रेसको साख किन घटिरहेको छ ? भन्ने प्रश्नको उत्तर सजिलै फेला पार्न सकिन्छ । नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत भन्दा माथि छ । तर नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु ७६ प्रतिशत पुरुष छन् । नेपालमा खस आर्य समुदायको जनसंख्या २८ प्रतिशत छ । तर कुल क्रियाशील सदस्यमा खस आर्यको हिस्सा ४२ प्रतिशत छ ।

क्रियाशील सदस्यताको अनुपात हेर्दा मधेसी , दलित र मुस्लिम समुदायमा नेपाली कांग्रेसको उपस्थिति निकै कमजोर देखिन्छ । नेपालमा थारु र मुस्लिम बाहेक मधेसीको जनसंख्या २० प्रतिशत छ , तर क्रियाशील सदस्यतामा मधेसीको हिस्सा ११ प्रतिशत मात्रै छ । दलितको जनसंख्या नेपालमा १२ प्रतिशत छ, नेपाली कांग्रेसको क्रियाशील सदस्यको सूचिमा दलितको हिस्सा ५ प्रतिशत मात्रै छ । थारु बाहेक जनजातिको जनसंख्या नेपालमा करिव ३० प्रतिशत छ , तर नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूचिमा जनजातिको हिस्सा २४ प्रतिशत मात्रै छ ।

दुर्गम तथा पिछडिएको क्षेत्रमा पनि नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको सहभागिता निकै कम छ । उदाहरणका लागि गण्डकीमा भन्दा सुदुर पश्चिम प्रदेशमा धेरै जनसंख्या छ । तर गण्डकी प्रदेशमा १ लाख १९ हजार क्रियाशील सदस्य छन्, सुदुरपश्चिम प्रदेशमा भने जम्मा ७५ हजार क्रियाशील सदस्य छन् । प्रदेश २ को जनसंख्या गण्डकीको भन्दा दोब्बर बढी छ , तर प्रदेश २ मा क्रियाशील सदस्यहरुको संख्या १ साल १२ हजार छ ।

प्रतिक्रिया