काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बालुवाटार स्रोतका अनुसार बुधबार बिहान ९ बजेबाट सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षको प्रतिनिधि पठाएका छन् । असार २९ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपनि आजसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।
प्रतिक्रिया