कलाकारले ४३ घर बनाउने

काठमाडौं । मेलम्ची र हेलम्बुका बाढी प्रभावित ४३ घरपरिवारलाई कलाकारले पक्की घर बनाउने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपश्चात् बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ र हेलम्बुको किउल मगर बस्तीमा २४ पक्की घर बनाउने जनाइएको छ ।

गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक अभिनेत्री करिश्मा मानन्धर लगायतका कलाकारको टोलीले मेलम्ची र हेलम्बुमा घर बनाउने स्थलको निरीक्षण गरेको थियो । मेलम्ची र हेलम्बुसहित पाँचपोखरीमा आकर्षक पक्की घरसहित घरबास बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया