‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको ‘ऐना हेरी हेरी’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । भीम बिसीले संगीत भरेको यस गीतमा सञ्चारकर्मी शिवराज योगीको शब्द रचना रहेको छ । यस्तै, विश्व अधिकारीको संगीत संयोजन रहेको छ । वियोगान्त कथामा तयार पारिएको गीतको भिडियोमा नजिकिँदै आएको तिज र कोरोनाको प्रकोपबीचको अवस्थालाई चित्रण गर्न खोजिएको छ ।

 

भिडियोमा आकाश कार्की र अनु काफ्लेको अभिनय छ । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा प्रवीण भट्टले सम्पादन गरेका छन् । गम्भीर विष्टको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री सविता अधिकारी रहेकी छन् । निर्मात्री अधिकारी खेलाडी र मोडलसमेत हुन् । हाल जापानमा रहेकी निर्मात्री अधिकारीले आफ्नो पहिलो प्रोजेक्टलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया