खम्बाले किचेर बालकको मृत्यु

इलाम । सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाममा एक बालकको ज्यान गएको छ । खेल्ने क्रममा खम्बाले किचेर इलाम नगरपालिका–६ खरेलडाँडाका आठ वर्षीय ग्रेसदीप रिजालको ज्यान गएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा सिमेन्टको खम्बा लडेर किच्दा बालक गम्भीर घाइते भएका थिए । उपचारका लागि इलाम अस्पताल ल्याइएपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । इलाम नगरपालिकाको खरेलडाँडाका बालक नेपालटारमा बाबु आमासँगै डेरा गरी बसेका थिए ।

प्रतिक्रिया