सरकारको काममा सहजीकरण गर्न पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा माओवादी केन्द्रबाट दुई जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) दुई र कांग्रेसबाट दुई जना सदस्य तोकिएका छन् ।

कार्यदलको संयोजकमा खड्कासहित सदस्यहरूमा डा। मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव तोकिएका छन् ।

शीर्ष तहमा छलफल गरेर नेकपा एमालेको माधव नेपाल समूहका नेताहरूलाई पनि कार्यदलमा समेटिने बताइएको छ ।कार्यदलले मन्त्रालय बाँडफाँडका लागि गठबन्धनभित्र छलफल गर्ने छ भने राजनीतिक नियुक्तिमा मापदण्ड बनाउने तथा सरकारको काम कारबाहीका लागि साझा नीति तथा कार्यक्रम तय गर्नेछ ।

प्रतिक्रिया