कुइँनेटोको ‘धर्ती आकाश’ सार्वजनिक

काठमाडौं । माधवराज खरेल निर्देशित चलचित्र ‘कुइँनेटो’ को ‘धर्ती आकाश’ बोलको शीर्षक गीत सार्वजनिक भएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त प्रस्तुतिमा कमला जोशी निर्माता रहेको यस चलचित्रमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री श्रीजु अधिकारीको अभिनय छ ।

सुदूरपश्चिमका विभिन्न रमणीय एवं पर्यटकीय स्थानमा खिचिएको गीत शब्द ललिता कुँवरले लेखेकी हुन् । सन्तोष श्रेष्ठले संगीत भरेको यस गीतमा गायिका श्रेयसी चेम्जोङ र गायक युवराज चौलागाईंको स्वर रहेको छ ।

गीतको एरेन्जर ओम सुनार हुन् । हाँस्य प्रधान यस चलचित्रमा मायाप्रेम, समर्पण, सद्भाव लगायतका विषयलाई उतारिएको निर्देशक खरेलले बताए । खरेलले यो चलचित्र कोरोनाको प्रभाव कम भएपछि सार्वजनिक प्रदर्शनी ल्याउने जानकारी दिए ।

निर्देशक खरेलकै लेखन रहेको यस चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनिराज लिम्बू, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको शृंगार, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ ।

प्रतिक्रिया