
म्याग्दी । म्याग्दी जिल्लामा एक १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । धौलागिरी गाउँपालिका–७, धारापानी बस्ने ईन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगेर मोबाइल दिई, ललाई–फकाई गरी जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
पीडित पक्षको जाहेरीका आधारमा अभियुक्तलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले हिरासतमा राखेको जनाएको छ । यस घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप कानुनी अनुसन्धान र आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया