काठमाडौंमा प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । प्रहरीले प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने इलाम, इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार पक्राउ गरेको छ ।

दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्‍वासन दिई आफ्नो ई–सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने गरेको प्रहरीले जनाएको छ ।

यस गतिविधिमा संलग्न रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया