
मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ३०–३५ जना घाइते भएका छन् भने ९ जनाको अवस्था गम्भीर रहेको छ । हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका– १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते ९ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ । बसमा ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बस चालक धनुषाको जनकपुर उपमहापालिका ८ बस्ने वर्ष ५० का धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया